scheduleबुधवार आषाढ़ २ गते, २०७८

ओली समूहको आक्रामकताः पदभार ग्रहण गर्नासाथ प्रदेश प्रमुखले मागिन् सभामुखको राजीनामा

पोखरा, २२ वैशाख । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पदभार ग्रहण गर्नासाथ सभामुखको राजीनामा मागेकी छिन् । बुधबार पोखरामा प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै उनले सभामुखले प्रदेशसभा लथालिंग पारेको आरोप पनि लगाइन् ।

प्रमुख पौडेलले सभामुख नेत्रप्रसाद अधिकारीले सरकारलाई थाहै नदिई प्रदेशसभा स्थगित गरेकोमा आक्रोश व्यक्त गरेकी हुन् । सरकारलाई थाहै नदिई प्रदेशसभा स्थगित गरेर सभामुखले गल्ती गरेको उनको आरोप थियो ।

उनले भनिन्, ‘अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो ।’ उनले सभामुखले इमान्दारीपूर्वक काम नगरेको भन्दै राजीनामा दिनुपर्ने तर्क गरिन् ।

प्रदेशमा सभामुखको कारण पैदा भएका समस्यालाई फुकाउन भूमिका खेल्ने पौडेलको प्रतिवद्धता थियो । उनले भनिन्,‘सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।’

पौडेल कम्युनिष्ट आन्दोलनका पाका नेता अमिक शेरचनलाई विस्थापित गर्दै प्रधानमन्त्री केपी ओलीद्वारा नियुक्त गरिएकी नयाँ प्रदेश प्रमुख हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय