scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

एमाले सांसद डाँगीको राजीनामा स्वीकृत, एक प्रदेशसभा सदस्य पद रिक्त

काठमाडौं, २२ वैशाख । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । लामो समय शंकर पोखरेलको खास मान्छे भएर काम गरेका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामाको पछाडि राजनीतिक खिचातानीबाट मुक्त हुने चाहनालाई प्रमुख भनेका छन् । मुख्यमन्त्री पोखरेलको गाउँका डाँगीले दाङको निर्वाचन क्षेत्र नं. २ (२) बाट नेकपा एमाले प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

उनले राजीनामाको अर्को कारण स्वास्थ्य समस्यालाई पनि देखाएका छन् । डाँगीको राजीनामा सभामुख पूर्ण घर्तीले स्वीकृत गर्दै प्रदेशसभामा सूचना टाँस गरेका छन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ, ‘माननीय सभामुखसमक्ष लिखित राजीनामा पेश गर्नुभएको हुँदा संविधानबमोजिम स्थान रिक्त भएकाले प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावलीबमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय