scheduleसोमवार आश्विन ११ गते, २०७८

सरकारविरुद्ध शक्तिशाली गठबन्धन बनेपछि देउवा भेट्न बूढानीलकण्ठ पुगे ओली

काठमाडौं, २२ वैशाख । सरकारविरुद्ध सबै विपक्षी दलहरु एकजुट भएपछि प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओली केही नेताहरु बोकेर बूढानीलकण्ठ पुगेका हुन् । नेकपा एमालेका विद्रोही नेताहरु समेत गठबन्धनमा सहभागी भएको सूचना पाएपछि ओली देउवा भेट्न गएका हुन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार अहिले उनीहरुबीच छलफल जारी छ । मंगलबार साँझदेखि विपक्षी दलहरु ओली सरकारविरुद्ध एकजुट बनेका छन् । उनीहरुले राष्ट्रियसभा उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् भने सरकारले अध्यादेशबाट मुलुक चलाउन लागेको भन्दै यसको भर्त्सना पनि गरेका छन् ।

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मान्यता नदिने गरी संघर्ष अगाडि बढाउन पनि मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेका छन् ।

यो पनि

बुढानीलकण्ठमा कांग्रेसका छ र एमालेका पाँच नेताहरु बिच छलफल जारी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय