scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बुढानीलकण्ठमा कांग्रेसका छ र एमालेका पाँच नेताहरु बिच छलफल जारी

काठमाडौं, २२ वैशाख । सरकारविरुद्ध सबै विपक्षी दलहरु एकजुट भएपछि प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।नेकपा एमाले अध्यक्षसमेत रहेका ओली केही नेताहरु बोकेर बूढानीलकण्ठ पुगेका हुन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार अहिले उनीहरुबीच छलफल जारी छ । छलफलमा एमालेका तर्फबाट प्रधानमन्त्री ओली, उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्वाङ छन् ।

यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी रहेका छन् ।

नेकपा एमालेका विद्रोही नेताहरु समेत गठबन्धनमा सहभागी भएको सूचना पाएपछि ओली देउवा भेट्न गएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय