scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना कहरः भारतीय अमेरिकी नागरिकलाई विछोडको पीडा

वासिङ्टन, २२ बैशाख । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।

भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् ।

भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ ।

यात्रा प्रतिवन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् ।

विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको देखेसो व्यक्त गरेका छन् ।

विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँंगै बस्न नपाएका हुन् ।

भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो वाइडेनले गत अप्रिल ३० मा जारी गरेको थियो भने सो आदेश यही मे ४ देखि लागु भएको छ ।

यो प्रतिवन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन । अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ ।

अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्रीसमेतको समस्या हुनसक्ने चिन्ता धरैमा देखिएको अधिकारीले बताएका छन् । पिटिआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय