scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

१३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २३ वैशाख । इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सर्वाधिक १३ पटकको उपाधि विजेता स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा चेल्सीले रियललाई २-० ले हराउँदै समग्रमा ३-१ को जीत निकाल्यो । यसअघि पहिलो लेगको खेल रियलको मैदानमा १-१ को बराबरीमा सकिएको थियो ।

गएरातिको खेलमा चेल्सीको जीतमा टिमो वेर्नर र मेसन माउन्टले १-१ गोल गरेका थिए । २८औं मिनेटमा वेर्नरको गोलमार्फत सुरुवाती अग्रता लिएको चेल्सीका लागि खेलको अन्त्यतिर ८५औं‌ मिनेटमा माउन्टले गोल गर्दै फाइनलको यात्रा सुनिश्चित गरे ।

चेल्सीले अब उपाधिका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ । सिटीले बुधबार राति साविक उपविजेता टोली पिएसजीलाई हराउँदै पहिलोपटक फाइनल यात्रा तय गरिसकेको छ ।

फाइनल खेल मे २९ मा टर्कीको इस्तानबुलमा‌ हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय