scheduleबुधवार आषाढ़ २ गते, २०७८

छिमेकमा लतागार दोस्रो दिन पनि पेट्रोल र डिजेलको मूल्यवृद्धि

नयाँ दिल्ली, २३ वैशाख । भारतमा पेट्रोल र डिजेलको पुनः मूल्यवृद्धि गरिएको छ । मंगलबार पनि यी दुई पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको थियो भने लगातार दोस्रो दिन बुधबार पनि मूल्यवृद्धि गरिएको हो ।

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्चयता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय