scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

लुम्बिनी उपनिर्वाचनको लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान (पत्रसहित)

काठमाडौं, २३ वैशाख । निर्वाचन आयोगले जेठ १८ गते सम्न्नप हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै गत १९ वैशाखको मन्त्रिपरिषद्को निर्णयानुसार उपनिर्वाचन मिति घोषणा भएको जनाएका छन् । लुम्बिनी प्रदेशमा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको स्थान रिक्त छ । आयोगले उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिकासमेत स्वीकृत गरेको छ ।

जसअनुसार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ । प्रदेश राजधानी तोकिएको दाङ सदरमुकाम घोराहीस्थित निर्वाचन कार्यालयमा अधिकृत कार्यालय स्थापना गर्ने निर्णय आयोगले गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय