scheduleबुधवार आषाढ़ २ गते, २०७८

वैदेशिक रोजगारमा कोरोना कहरः एक वर्षमा साढे चार लाख नेपालीले रोजगारी गुमाए

काठमाडौँ, २२ वैशाख । कोभिड–१९ (कोरोना)को महामारीको असर वैदेशिक रोजगारीको क्षेत्रमा पनि परेको छ । बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना फर्किएका हुन् ।

केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक लाख ४० हजार २१६ जनाले रोजगारी गुमाएर स्वदेश फकिएका छन् । यस्तै सो अवधिमा कतारबाट रोजगारी गुमाएर फर्किनेको सङ्ख्या एक लाख पाँच हजार ७७४ छ भने मलेसियाबाट ४८ हजार ४३५ जनाले रोजगारी गुमाएर फर्किए । त्यसैगरी साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारत (उडान)बाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

त्यसैगरी सिङ्गापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ३७६ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना सो अवधिमा फर्किएका छन् । बङ्गलादेशबाट दुई हजार ५९५, बहराइनबाट एक हजार ३५५, अस्ट्रेलियाबाट एक हजार २४४ र माल्दिभ्सबाट एक हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण रोजगारी गुमाएर स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।

तर त्यो सङ्ख्याको रोजगारी व्यवस्थापनमा पहल नगर्दै नयाँ कोरोनाको त्रास बढेको छ । सरकारी निकायका अधिकारीहरु यसको व्यवस्थापनमा धेरै काम भएको दावी गरिरहेका छन् । तर वैदेशिक रोजगारीमा आश्रित ठूलो जनसंख्या बेरोजगारीको समस्या व्यहोर्न बाध्य छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयालले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाको व्यवस्थापनका लागि सरकारीस्तरबाट सकारात्मक काम भएको दाबी गर्छन् । उनका अनुसार गत वर्षको कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयमार्फत झन्डै ११ लाखका लागि रोजगारी सिर्जना गर्नेगरी बजेट विनियोजन गरिएको छ । यद्यपि यसको समीक्षा हुन बाँकी नै रहेको फुयाल बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय