scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

भारतमा कोरोना कहर: दैनिक संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड

काठमाडौं, २३ वैशाख । कोरोना सङ्क्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले सङ्क्रमण दर बढ्ने क्रम जारी रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ४ लाख १२ हजार ७८४ जनामा संक्रमण पुष्‍टि भएको छ । यो संख्या पछिल्लोपटकको सर्वाधिक संख्याभन्दा १० हजारले बढी हो । यसअघि ३० अप्रिलमा ४ लाख २ हजार जनामा संक्रमण देखिएको थियो ।

योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड १० लाख ७० हजार ८ सय ५२ पुगेको छ । भारत अमेरिकापछि दोस्रो मुलुक हो, जहाँ कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड नाघेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा अहिलेसम्मकै सर्वाधिक थप ३ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ३० हजार १ सय ५१ पुगेको छ ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये १ करोड ७२ लाख ६९ हजार ७६ सय जना स्वस्थ भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय