scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला

काठमाडौं, २३ वैशाख । अमेरिकाको न्युजर्सीमा अध्ययनरत एक नेपाली विद्यार्थीको शव फेला परेको छ । सिरहा घर भई विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत अजय शाहको शव फेला परेको हो ।

स्रोतका अनुसार गत जनवरी १८ मा न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनी त्यसपछि सम्पर्कविहिन भएका थिए ।

उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले एक नहरमा प्राप्त गरेको जनाइएको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

अमेरिकामै रहेका उनका दाजु टेक्सासबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय