scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

मेलिन्डाको खातामा बिल गेट्सको २.४ अर्ब डलर सेयर

काठमाडौं, २३ वैशाख । २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सबीच सम्पत्ति बाँढ्नेबारे पनि सहमति भएको खुलासा भएको छ । उनीहरुले औपचारिकरुपमा सम्बन्धविच्छेद गर्नुभन्दा अगाडि नै सम्पत्ति बाँडफाँडबारे सहमति गरेको खुलासा भएको हो ।

बिल गेट्सले बुधबार मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेको वाल स्ट्रिट जर्नलले खबर लेखेको छ । यो सेयरमा दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसए समावेश भएको छ । योसँगै उनी यी दुई कम्पनीको ठूलो सेयरहोल्डर भएकी छन्।

कोकोकाला फेस्मा भएको उनको ४.९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको खबर छ । त्यस्तै टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ।

मेलिन्डाको नाममा क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर आएको छ । तीन सन्तानका पिता रहेका बिलले उनीहरुलाई सम्पत्तिको सामान्य हिस्सा दिने बताइसकेका छन् ।

माइक्रोसफ्टका को-फाउन्डर र संसारका सबैभन्दा धनी भनेर चर्चित बिल गेट्स र उनकी पत्नी मेलिन्डाका तीन बच्चा छन् । उनीहरुले एउटा फाउन्डेसन पनि बनाएका छन् जसले संसारभरका मानिसको स्वास्थ्य र राम्रो जीवनका लागि काम गरिरहेको छ ।

संयुक्त विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हामी यो लक्ष्यका लागि अगाडि पनि सँगै काम गर्नेछौं । यद्यपि हामीलाई लाग्छ कि आगामी दिनमा हामी पति र पत्नीको रुपमा सँगै रहने छैनौं । यसका लागि हामी नयाँ जीवन सुरु गर्न गइरहेका छौं ।’

उनीहरुको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको पहिलो भेट १९८७ मा भएको थियो । उनीहरुले सन् २००० मा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन बनाएका थिए । कल्याणकारी काम गर्ने उक्त संस्थाले संसारमा परोपकारी काम गर्दै आइरहेको छ ।

यो संस्थाले वैश्विक स्वास्थ्य, विसका र शिक्षाका साथै जलवायु परिवर्तन र कोभिड महामारीविरुद्ध सघाउन पनि अरबौं दान गर्दै आइरहेको छ ।

बिल गेट्सले १९७५ मा माइक्रोसफ्टको स्थापनामा सघाएका थिए र प्रमुख कार्यकारी भएर २००० सम्म काम गरेका थिए । पछिल्ला दिनहरुमा उनले परोपकारी काममा केन्द्रित हुन उक्त जिम्मेवारी छाडेका थिए । माइक्रोसफ्टमा अहिले पनि उनको १.३ प्रतिशत शेयर छ । फोर्ब्सका अनुसार गेट्स झण्डै १३० बिलियन डलर सम्पत्तिसहित संसारकै चौथो धनी मानिस हुन् ।

गेट्स् फाउण्डेसनसाग झण्डै ५० बिलियन डलर सम्पत्ति छ । यो संसारकै सबैभन्दा ठूलो निजी परोपकारी संस्था हो । यसले हरेक वर्ष ५ बिलियन डलर रकम सहयोग गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय