scheduleमगलवार आषाढ़ १ गते, २०७८

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

काठमाडौं, २३ वैशाख । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि अस्पतालमा भर्ना गरिएका ८४ वर्षीय उनको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका उनी नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छन् ।

उनले घुम्तिमा नआउ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं कालजयी नेपाली गीत गाएका छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय