scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना भाइरसबाट २४ घण्टामा चार भारतीय सेलिब्रिटीको निधन

एजेन्सी, २३ बैशाख । भारतमा सुरु भएको कोरोनोको दोस्रो लहरसँगै संक्रमित र मृतको संख्या दिनदिनै बढिरहेको छ। दोस्रो लहरबाट सबै क्षेत्र प्रभावित बनिरहेका छन् ।

कोरोनाको कहरबाट भारतीय चलचित्र र टेलिभिजन क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । यसैबीच एउटा दुखद खबर बाहिर आएको छ । गत २४ घण्टामा कोरोना भाइरसबाट चार जना सेलिब्रिटीको निधन भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

जी न्युजका अनुसार बितेको २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउने सेलिब्रिटीमा साउथ इन्डियन चलचित्र अभिनेता पाण्डु, बलिउड कलाकार श्रीपदा, छिछोरेकी चर्चित अभिनेतत्री अभिलाषा पटिल र फिल्म एडिटर अजय शर्मा रहेका छन् ।

साउथ फिल्मका अभिनेता पाण्डुको ७४ वर्षको उमेरम कोरोना भाइरसबाट निधन भएको हो । उनको निधनसँगै दक्षिण भारतीय चलचित्र क्षेत्र स्तब्ध बनेको छ ।

कोरोनाका कारण बलिउड एवं भोजपुरी फिल्मकी कलाकार श्रीपदाको समेत मृत्यु भएको छ। त्यस्तै ‘छिछोरे’की अभिनेत्री अभिलाषा पटेलको ४७ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ ।

बलिउडले ‘लुडो’, ‘बर्फी’, ‘काइ पो छे’ र ‘ये जवानी है दीवानी’ जस्ता फिल्मका एडिटर अजय शर्मालाई समेत कोरोना भाइरसका कारण गुमाउन पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय