scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सांसद यादवलाई कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख । बाराको क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयले २७ गते डाकेको बैठकमा सहभागी हुनुपुर्व सबै सांसद पीसीआर परीक्षण गर्नुपर्ने भएका कारण सांसद यादवको थ्रोट स्वाबको नमुना बुधवार संकलन गरिएको थियो । बिहीवार आएको रिपोर्टमा जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवको पीसीआर रिपोर्ट पोजेटिभ आएको उनका स्वकिय सचिव कमलेश मण्डलले जानकारी दिए ।

सांसद यादव अहिले काठमाडौंको शान्तिनगरस्थित आफ्नै निवासमा होमआइसोलेसन बसिरहेका छन् । मण्डलका अनुसार सांसद यादवको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय