scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २४ वैशाख । शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य शुक्रबार ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय