scheduleसोमवार आश्विन ११ गते, २०७८

‘हल्का हल्का लजाएर’मा यस्तो देखियो राजेश-करिश्मा र पल-पूजाको जोडी

काठमाडौं, २४ वैशाख । चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर…’ बोलको गीत ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत बिहीबार रिलिज भएको छ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन्।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ।

म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन्स भने सम्पादन विकास दाहालको रहेको छ।

गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय