scheduleमगलवार आषाढ़ १ गते, २०७८

प्रिमियर लिग: घरेलु मैदानमा लेस्टरको खराब प्रदर्शन, न्युकासलको प्रभावशाली जीत

काठमाडौं, २५ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा न्युकासल युनाइटेडले शानदार जीत हासिल गरेको छ । न्युकासलले लेस्टर सिटीलाई उसैको मैदानमा ४-२ गोलअन्तरले हराएको हो ।

न्युकासलको जीतमा क्यालम विल्सनले २ गोल गर्दा जो विल्लक र पल डमेटले १-१ गोल गरे । लेस्टरका मार्क अलब्राइटन र केलेची इहियानाचोले १-१ गोल फर्काए ।

खेलको २२औं मिनेटमा विल्लकको गोलमार्फत न्युकासलले अग्रता लिएको थियो । ३४औं मिनेटमा डमेटले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीविरुद्ध अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६४औं र ७३औं मिनेटमा दुई गोल गर्दै विल्सनले लेस्टरलाई निरिह बनाए । ८०औं मिनेटमा अलब्राइटनले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरे । ८७औं मिनेटमा इहियानाचोले गोल‌ गरेपछि अग्रता थप कम भयो ।

यद्यपि खेलमा फर्कन नसकेको लेस्टरले ३ अंक भने जोड्न सकेन । जीतपछि ३५ खेलबाट ३९ अंक भएको न्युकासल अंकतालिकाको १३औं स्थानमा उक्लिएको छ भने पराजित लेस्टर ६३ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय