scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

वीरगञ्जमा सय शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा

वीरगञ्ज, २५ वैशाख । वीरगञ्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज महानगरपालिका– १० घडिअर्वास्थित गोपाल मण्डलीमा बनाइएको आइसोलेसन सेन्टर र कोभिड अस्पताल सञ्चालनमा ल्याइएको मेयर विजयकुमार सरावगीले जानकारी दिए । महानगरमा कोभिड सङ्क्रमितहरुको संख्या दिनहुँ बढिरहेको र सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था देखिएकाले महानगरपालिकाले सक्रियता देखाएको उनको भनाइ छ ।

पर्सा कोरोना महामारीका कारण प्रदेश २ को सबैभन्दा बढी प्रभावित जिल्ला हो । कोरोनाको पहिलो चरणको लहरमा पनि पर्सा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको थियो ।

अस्पतालले बिरामीलाई धान्नै नसक्ने भएपछि पहिलो लहरमा पनि गण्डक कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय