scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पश्चिम बंगालमा कंगनाविरुद्ध एफआईआर दर्ता, मुख्यमन्त्री बनर्जीमाथि फेरि खनिइन्

एजेन्सी, २५ बैशाख । पश्चिम बंगालमा बलिउड अभिनेत्री कंगाना रनौतविरुद्ध एफआईआर दर्ता भएको छ । साम्प्रदायिक हिंसा फैलाउने गरी अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

तृणमूल कंग्रेसका प्रवक्ता रिजु दत्तले कोलकत्तास्थित उल्टादंगा प्रहरी कार्यालयसमक्ष कंगनाविरुद्ध एफआईआर दर्ता गरेका हुन् । एफआईआर दर्ता भएपछी कंगनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई बाटो खुलेको छ ।

कंगनाले इन्स्टाग्राममार्फत् साम्प्रदायिक हिंसा फैलाउने खालका पोष्ट गरेको भन्दै दत्तले उनीविरुद्ध एफआईआर दर्ता गरेका हुन् । कंगनाले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका तस्बिर तोडमोड गरेर गतल मनसायसहित पोष्ट गरेको पनि दत्तको आरोप छ ।

यता कंगना आफूविरुद्ध एफआईआर दर्ता भएपछि मुख्यमन्त्री बनर्जीप्रति कडा रुपमा खनिएकी छन् । कंगनाले बनर्जी एक हत्यारा भएको पनि बताएकी छन् ।

‘आफूलाई मत नदिने मानिसलाई खुलेआम हत्या गरिरहेकी रक्तपिपासु राक्षस ममताले ममाथि साम्प्रदायिक हिंसाको आरोप लगाउने कुरा ठीक उल्टो हो’, कंगनाले भनिन्, ‘राक्षसनी ममता यो तिम्रो अन्त्यको सुरुवात हो । सारा मुलुकले रगतले रङ्गिएका तिम्रा हात हेरिरहेको छ । तिमीले कैयौं मुद्दा वा एफआईआरमार्फत् मलाई त्रसित बनाउन वा मेरो आजाव बन्द गर्न सक्दिनौं

केही समयअघि ट्विटरका नियम उल्लंघन गरेको भन्दै कंगनाको ट्विटर अकाउन्ट सँधैका लागि बन्द गरिएको थियो । ट्विटर अकाउन्ट बन्द भएपछि कंगनाले आफ्नो इन्स्टाग्राममा विभिन्न पोष्ट गर्दै आएकी छन् । उनले पछिल्लो समय बनर्जीको आलोचना गर्दै आइरहेकी छन् ।

(फोटो: रिपब्लिक वर्ड डटकमबाट)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय