scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना कहरः वीरगञ्जमा थप ३ संक्रमितको मृत्यु

वीरगञ्ज, २५ वैशाख । वीरगन्जमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ । जिल्लास्थित नारायणी अस्पतालमा उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनीहरुको शुक्रबार राति १० बजे देखि शनिबार बिहान ११ बजेर ४५ मिनेटको अवधिमा मृत्यु भएको हो । शुक्रबार राति १० बजे अस्पतालमा उपचाररत बारा जितपुर सिमरा उपमहानगरपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । दासका अनुसार शनिबार बिहान १ बजेर ३० मिनेटमा बाराकै ४५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्य भएको छ ।

शनिबार बिहान ११ बजेर ४५ मिनेटमा अस्पतालमा रौतहट सिर्सियाका ५५ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमित थपिने र उनीहरुको उपचारको क्रममा मृत्यु हुने दर बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय