scheduleशुक्रवार आश्विन १ गते, २०७८

सुपर लिग : काठमाडौं र चितवन भिड्दै आज

फाइल फोटो

काठमाडाैं, २६ वैशाख । नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा भएको छ । शनिबारको खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेसँगै प्ले अफको समिकरण पुरा भएको हो । यसअघि धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले अन्तिम चारमा स्थान बनाएको हो । यस्तै शनिबारै भएको अर्को खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । लिग अन्तर्गत अब मंगलवार हुने पहिलो क्वालिफायरमा धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनलमा पुग्ने छ । यस्तै बुधवार हुने इलिमिनेटरमा ललितपुर र बुटवलबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरमा जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरका विजेतासँग खेल्ने छ । लिग अन्तर्गत आज काठमाडौं रेजर्स र चितवन एफसीबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय