scheduleसोमवार आश्विन ११ गते, २०७८

बाल्टीमोरमा बन्दुकधारीको गोली लागी एक नेपालीको मृत्यु

काठमाडौं, २६ वैशाख । एक अज्ञात बन्दुकधारीको गोली लागि अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको हत्या भएको हो ।

संखुवासभा घर भएका सागर घिमिरेको गोली लागेर मृत्यु भएको हो । घटनामा अर्का एकजना नेपाली विद्यार्थी घाइते भएका छन् भने उनको उपचार भइरहेको छ ।

घिमिरेलगायत अन्य २ जनाको पनि गोली लागी मृत्यु भएको छ ।

बन्दुकधारी ६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाउनका साथै लगत्तै अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । तत्काल प्रहरी घटनास्थलमा पुगेको र दोहोरो झडप हुँदा बन्दुकधारीको मृत्यु भएको छ ।

कतिपय स्थानीय अनलाइनहरुले घटनाहरुमा चारजनाको मृत्यु भएको खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय