scheduleमगलवार आषाढ़ १ गते, २०७८

चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्यो

एजेन्सी, २४ बैशाख । चीनले हालै अन्तरिक्षमा पठाएको विशाल रकेटका भग्नावषेश हिन्द महासागरमा खसेका छन् ।

चिनियाँ अन्तरिक्ष एजेन्सीले विचाटमा एक पोष्ट राख्दै रकेटका अधिकांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा जलेर नष्ट भएको र बाँकी अंश हिन्द महासागरमा खसेको जानकारी दिएको हो ।

‘सिजेड ५बि’ नामक उक्त रकेट पृथ्वीमा फर्किने क्रममा अनियन्त्रित बनेको थियो । यही भएर मानवबस्तीमा खस्ने त्रास बढेको र अमेरिकासहितका मुलुकले पृथ्वीमा क्षति पुग्न सक्ने चिन्ता व्यक्त गरेका थिए ।

तर चीनको अन्तरिक्ष एजेन्सीले उक्त रकेटका भग्नावशेष शनिबार राति हिन्द महासागरमा खसेको जानकारी दिएको छ । समाचार अनुसार पश्चिम माल्दिभ्स नजिकै हिन्द महासागरीय क्षेत्रमा रकेटका भग्नावशेष खसेका थिए ।

यसअघि चीनले आफ्नो रकेटबाट पृथ्वीमा क्षति हुने संभावना निकै न्यून रहेको बताएको थियो । ‘लङ मार्च ५ बि’ पनि भनिने उक्त रकेटमार्फत् केही दिनअघि चिनियाँ अन्तरिक्ष केन्द्रको मोड्युल ‘तिआनहे’ सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय