scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

आइतबार पनि बढ्यो सुनको मूल्य

काठमाडाैं, २६ वैशाख । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय