scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रतिनिधिसभा बैठकअघि देउवा र प्रचण्डबीच छलफल

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबार छलफल भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र दाहालबीच छलफल भएको हो ।

उक्त छलफलमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सहभागी छन्।

आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधि सभा बैठक बस्दैछ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विस्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय