scheduleशुक्रवार आश्विन १ गते, २०७८

ओलीजी ! यो सदनसँग विश्वासको मत माग्न तपाईंको नैतिकताले दिन्छ ? (भिडियो)

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई यो सदनसँग विश्वासको मत माग्ने कुनै नैतिक अधिकार नभएको बताएका छन् । सोमबार संसदको विशेष बैठकमा सम्बोधन गर्दै प्रचण्डले सोधे, ‘ओलीजी यो सदनसँग विश्वासको मत माग्न तपाईंको नैतिकताले दिन्छ ?’

आफूले विगतमा सांसदहरु मृत नभएको, संविधानले हामीलाई बचाउने बताएको स्मरण गर्दै उनले भने, ‘हामीलाई संविधानले मारेको होइन, केपी ओलीको अहंकारले मार्न खोजेको हो । तर हामी ब्युझिँयौं ।’ उनले आफैंले विघटन गरेको संसदसँग आफैंले विश्वास माग्न कुनै नैतिक अधिकार नभएको बताएका हुन् ।

ओलीले विश्वासको मत माग्ने काम पनि संसद विघटन गर्न नै हो कि भनेर प्रचण्डले आशंका गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय