scheduleबुधवार आषाढ़ २ गते, २०७८

नेपाली नागरिकलाई युएई प्रवेशमा रोक

काठमाडौं, २७ वैशाख । नेपाली नागरिकलाई यूएईले प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णय आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि कार्यान्वयन हुनेछ । युएईले प्रवेशमा रोक लगाएका अन्य देशहरुमा बङ्गलादेश, पाकिस्त नर श्रीलंका रहेका छन् ।

नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् ।

यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय