scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: बर्नलीसँग पराजित भएसँगै फुलहाम रेलिगेसनमा

काठमाडौं, २८ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा बर्नलीले जीत हासिल गरेको छ । बर्नलीले फुलहामलाई उसैको मैदानमा २-० ले हराएको हो ।

बर्नलीको जीतमा एस्ले वेस्टवूड र क्रिस वूडले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमै भएका थिए ।

खेलको ३५औं मिनेटमा वेस्टवूडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा वूडले गोल गर्दै बर्नलीलाई पहिलो हाफमै २-० ले अगाडि राखे ।

रेलिगेसनबाट बच्‍न संघर्षरत टिम फुलहामले दोस्रो हाफमा गोल फर्काउन सकेन र खेल २-० ले बर्नलीलाई सुम्पियो । जीतसँगै बर्नली ३५ खेलबाट ३९ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ ।

यस हारसँगै फुलहाम भने रेलिगेसनमा परेको छ । फुलहामको ३५ खेलबाट २७ अंक मात्र छ र १८औं स्थानमा छ । वेस्टब्रोम र सेफिल्ड यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय