scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

उपेन्द्रले हस्ताक्षर गर्दा महन्थको आपत्ति, मध्यरातमा विज्ञप्ति निकाले

काठमाडौं, २८ वैशाख । नयाँ सरकार गठनको सन्दर्भमा जनता समाजवादी पार्टीभित्र तीव्र विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत गुमाउँदै पदमुक्त भएपछि बहुमतको सरकार बनाउनका लागि जसपा अध्यक्ष उपेन्द्र यादवले विपक्षी गठबन्धनमा सोमबार नै हस्ताक्षर गरिसकेका छन् ।

उता पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताउँदै मध्यरातमा वक्तव्य निकालेर विरोध गरेका छन् ।

ठाकुर समूह सोमबार मतदान नगरी तटस्थ बसेको थियो । सोमबार राति जारी गरेको विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो ।’

उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत तर्क पनि गरेका छन् । सोमबार भएको मतदानमा यादव पक्षका १५ जनाले विपक्षमा मतदान गर्दा ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय