scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोनाको भारतीय भेरियन्ट विश्‍वस्तरमै चिन्ताजनक भएको डब्लुएचओको निष्कर्ष

काठमाडौं, २८ वैशाख । विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अतुयाधिक संक्रामक रहेको भन्दै विश्‍वस्तरमा चेतावनी जारी गरेको छ ।

भारतमा B.1.617 भेरियन्ट फैलिएको छ । डब्ल्यूएचओको कोभिड-१९ प्रमुख मारिया वेनका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ ।

मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।’ उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मंगलबार उपलब्ध गराइने छ ।

डब्ल्यूएचओका अनुसार B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकी यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा नै पाइएको थियो । यो भेरियन्ट अहिले धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।

भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । दैनिक नयाँ संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।

यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान सुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु रहेको जनाइएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय