scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

राष्ट्रपति संस्थाको दुरुपयोग गरेर जसपा फुटाउने षड्यन्त्र हुँदैछः डा. भट्टराई

काठमाडौं, २८ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक लडाईं एक थान सरकार परिवर्तनको लागि मात्र नभएको बताएका छन् ।

विकसित घटनाक्रमबारे मंगलबार एक ट्विट सन्देशमार्फत् धारणा राख्दै भट्टराईले अब बल दलहरुको कोर्टमा आएको बताएका छन् । ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन; मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो,’ उनले भनेका छन् ।

यो अभिभारा पूरा गर्न सबै गुटीय र दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा उनको जोड छ । ‘त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ,’ उनले लेखेका छन्, ‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ ।’

भट्टराईले वैकल्पिक सरकार बन्न नदिने र संसद विघटन गर्दै प्रायोजित चुनाव गर्ने रणनीति असफल बनाउन सतर्क रहन सबैलाई अपिल पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्था नै दुरुपयोग गर्दै जसपा फुटाउन खोजिएको आरोप लगाएका छन् ।

‘ख्याल रहोस्- मधेसी जनता/नेता भेडा-बाख्रा हैनन् जसलाई हरियो घाँस देखाएर बली चढाउन सकियोस्, वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्,’ उनले लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय