scheduleबुधवार आषाढ़ २ गते, २०७८

देउवाले लिए बहुमतको सरकार गठनको पहलकदमी, सर्वदलीय बैठक आव्हान

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि प्रयास सुरु गरेका छन् । यसका लागि उनले मंगलबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभापति देउवाले आफ्नो निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलका नेताहरुलाई बोलाइएको हो ।

त्यस्तै निर्णायक भूमिका रहेका नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेताहरुलाई पनि बैठकमा डाकिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय