scheduleबुधवार आषाढ़ २ गते, २०७८

सर्वदलीय बैठक रोकेर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाए

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसोका लागि बोलाएको सर्वदलीय बैठक स्थगित गरेका छन् । सभापति देउवाले सोही समयमा पार्टीको पदाधिकारी बैठक बोलाउने भएका हुन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकार दावी गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल समूहसहित विपक्षी दलका शीर्ष नेताहरुलाई डाकेका थिए ।

सर्वदलीय बैठक अगाडि सबै दलहरुले आन्तरिक गृहकार्य गर्नु आवश्यक भएकोले यस्तो निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए । मंगलबार दिनभरी सबै दलले पार्टीभित्र गृहकार्य सकेर बुधबार सर्वदलीय बैठक बस्ने तयारी भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय