scheduleबुधवार आषाढ़ २ गते, २०७८

बूढानीलकण्ठबाट फर्किए प्रचण्ड

काठमाडौं, २८ वैशाख । विपक्षी गठबन्धनको बैठक रोकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फर्किएका छन् । अचानक बैठक रोकेपछि उनी देउवालाई भेट्न मंगलबार बिहान बूढानीलकण्ठ पुगेका थिए ।

देउवाले भेटको क्रममा पहिला गठबन्धनमा रहेका पार्टीले आफ्नो गृहकार्य सक्ने र बुधबार सर्वदलीय बैठक बस्नेगरी योजना बनाएको प्रचण्डलाई सुनाएको खुमलटार स्रोतले जनाएको छ ।

बूढानीलकण्ठमा आधार घण्टा बिताएर उनी त्यहाँबाट निस्किएका छन् । मंगलबार ३ बजेका लागि देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा एमालेको ओली समूहबाहेक अरुलाई आमन्त्रण गरिएको थियो ।

तर, उनले विपक्षी गठबन्धनको बैठकका लागि गृहकार्य नपुगेको भन्दै सोही समयमा कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् । पदाधिकारी बैठक नयाँ सरकार गठनबारे छलफल गर्दै निर्णय लिइने कांग्रेस स्रोतले जनाएको छ ।

विपक्षी गठबन्धनले माधव नेपाल समूहसँग राजीनामा दिने वा नदिनेबारे स्पष्ट जवाफ खोजिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय