scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

रुसमा बन्दुक आक्रमण, आठ बालबालिकासहित ११ जना मारिए

एजेन्सी, २८ बैशाख । रुसको दक्षिण-पश्चिमी सहर काजनमा बन्दुक आक्रमण भएको छ । उक्त बन्दुक आक्रमणमा परी ११ जनाको मृत्यु भएको रुसी सरकारी समाचार माध्यम आरआईए नोभोस्टीले जनाएको हो ।

समाचार अनुसार दुईजना बन्दुकधारीले एउटा विद्यालमा गोली चलाएका थिए । उनीहरुले चलाएको गोली लागी ११ जना मारिएको र ज्यान गुमाउनेमध्ये ८ जना बालबालिका रहेको समाचारमा उल्लेख छ ।

बन्दुकधारीमध्ये एकजना सुरक्षा कारबाहीमा मारिएका छन् भने अर्का एकजना १७ वर्षीय बन्दुकधारीलाई पक्राउ गरिएको छ ।

मंगलबार भएको उक्त बन्दुक आक्रमणपछि काजनका सबै विद्यालयमा थप सुरक्षा व्यवस्था गरिएको छ । मस्कोबाट सात सय किलोमिटर टाढा रहेको काजन टाटर्स्थानको प्रान्तीय राजधानी समेत हो ।

रुसमा बन्दुक आक्रमणका घटना विरलै हुने गर्छन् । तर केही वर्षयता त्यहाँका विद्यालमा हिंसात्मक आक्रमण हुँदै आएका र अधिकांश आक्रमण विद्यार्थीले गर्ने गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय