scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

महामारीका बेला कालोबजारी बढेपछि सलमान खान आक्रोशित, भने…

एजेन्सी, २८ बैशाख । बलिउड अभिनेता सलमान खान कोरोना महामारी सुरु भएयता सक्रिय देखिन्छन् । उनले समस्यामा परेका मजदूरलाई खाना खुवाउने, स्यानिटाइजर बाँड्ने देखि कोरोनाविरुद्धको लडाइमा अग्रपंक्तिमा खटिएका मानिसलाई नि:शुल्क खाना उपलब्ध गराउने जस्ता काम गर्दै आएका छन् ।

कोरोना महामारीको डरलाग्दो चपेटामा परिरहेको भारतमा एकातिर सलमान जस्तै सहयोग मनहरु मैदानमा खटिएको देख्न सकिन्छ । अर्कोतिर महामारीको बेलामा समेत अरुको पीडाबाट कमाउन खोज्नेहरु पनि छन् ।

खानले हालै एक अन्तर्वार्तामा खोप, औषधि र अक्सिजन जस्ता वस्तुमा कालोबजारी गर्नेहरुको कडा आलोचना गरेका छन् । अरु मानिसको पीडाबाट पैसा कमाउने प्रवृत्ति देखेर आफू निकै दु:खी र आक्रोशित भएको उनको भनाइ छ ।

‘मानिसहरुले अरुको पीडाबाट पैसा कमाइरहेका छन्’, खानले भने, ‘खोप, बेडका लागि हजारौं र लाखौं लिइरहेका छन् । म यस्तो कामलाई घृणा गर्छु । यो के भइरहेको छ, हँ ? यी मानिसहरु भारतीय त हुन् ? यिनीहरुलाई कुनै पनि हिसाबले मान्छे भन्न मिल्दैन ।’

यसबाहेक, उक्त अन्तर्वार्तामा खानले कठिन अवस्थामा खुलेर अरुको सहयोग गर्ने मानिसको पनि प्रशंसा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय