scheduleबुधवार आषाढ़ २ गते, २०७८

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं, २८ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

पार्टीका सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकार बनाउने निर्णय गरेको हो । ‘माओवादी केन्द्र र कांग्रेस एक ठाउँमा छन् । जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौं,’ बैठकपछि पत्रकारहरुसित महतले भने, ‘माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस रहन्छ ।’

कांग्रेसले पदाधिकारी बैठकका लागि आजै बोलाएको विपक्षी गठबन्धनको बैठक स्थगित गरेको थियो । बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय