scheduleसोमवार आश्विन ११ गते, २०७८

लेस्टरसँग युनाइटेड पराजित भएसँगै सिटी प्रिमियर लिग च्याम्पियन

काठमाडौं, २९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । लेस्टरले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा २-१ ले हराएको हो ।

लेस्टरको जीतमा लुक थोमस र काग्लार सोयुन्सुले एक-एक गोल गरेका थिए भने युनाइटेडका मेसन ग्रीनवूडले एक गोल फर्काए । पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल भएका थिए ।

खेलको १०औं मिनेटमा थोमसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमै ग्रीनवूडले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६६औं मिनेटमा सोयुन्सुले गोल गर्दै लेस्टरलाई पुनः अगाडि ल्याए । त्यसपछि थप गोल निस्कन सकेन र युनाइटेडको उपाधि जित्ने झिनो सम्भावना पनि समाप्त भयो ।

जीतसँगै लेस्टरको ३६ खेलबाट ६६ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । पराजित युनाइटेड ३५ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।

युनाइटेडको हारसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । सिटी ३५ खेलबाट ८० अंकसहित शीर्षस्थानमा लामो समयदेखि आसीन छ ।

३ खेल खेल्न बाँकी रहँदै सिटीले उपाधि आफ्नो नाममा गरेको हो । सिटीले पछिल्लोपटक सन् २०१८-१९ को सिजनमा १०० भन्दा बढी अंकसहित उपाधि जितेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय