scheduleबुधवार आषाढ़ २ गते, २०७८

सि जिन पिङको पछिल्लो आर्थिक रणनीति

जोउ सिन

मान्छेको आचरण अक्सर आफू वरिपरिको संसारप्रति उनका धारणाबाट आकारित हुन्छ । सुरक्षित र सुविधाजनक वातावरणमा मान्छेले आरामको अनुभूति गर्दछ । तर, शत्रुतापूर्ण अवस्थामा सतर्क र प्रतिरक्षात्मक हुन्छ ।

कुनै देशले छनौट गरेका रणनीति र निर्णय अलिक विस्तारमा भन्दा समकालीन विश्व स्थितिको प्रभाव नीतिनिर्मातामा प्रतिबिम्बित हुनु हो । चीनको अन्तर्मुखी आर्थिक रणनीति, जसलाई ‘द्वैत–परिवहन’ भनिन्छ, चीनको विश्व–बदलावप्रतिको बुझाईमा उभिएको छ ।

गत जनवारीमा राष्ट्रपति सि जिन पिङले दिएको एक भाषणको भर्खरै प्रकाशित प्रतिलिपिअनुसार सीमापार व्यापार प्रवाहमा कोरोना भाइरसको अवरोधले बेइजिङको नयाँ आर्थिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारेको छ ।

सिकै शब्दमा सन् २०२० को प्रारम्भमा उनले झियोयाङ तटीय प्रान्तको भ्रमण गर्दा कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिसकेको थियो र त्यसले ‘विश्व आपूर्ति श्रृंखलामा आंशिक स्खलन’ त्यहाँ प्रष्टै देखिन्थ्यो ।

परिणाम स्वरुप चिनियाँ अर्थतन्त्रको घरेलु हिस्साले काम गर्न छोड्यो । धेरै स्थानीय कम्पनीले उनीहरुलाई चाहिए जति सामग्री विदेशबाट ल्याउन पाएनन् । विदेशी कर्मचारीहरु चीन आएनन् । कर्गोहरुको यथोचित ढुवानी हुन सकेन ।

यो अवस्थाबाट उनले यो निष्कर्ष निकाले कि परिस्थिति विल्कुलै भिन्न थियो । विदेशबाट धेरै परिणाममा सामग्री आयात गरी पुनःउत्पादन गरी विदेश नै निर्यात गर्ने पुरानो तरिकाले काम गरिरहेको थिएन । यस्तो बेला राष्ट्रपति सीले यो निधो गरे कि अब चीनले बाहिरसँग कम भरपर्नु पर्दछ ।

जोउ सिन

 

सि यो व्याख्या र निष्कर्षले चिनियाँ नेतृत्वको रणनीतिक तथा कार्यनीतिक सोचलाई प्रतिबिम्बत गर्दछ । यसको निधो के हो भने राष्ट्रिय अर्थतन्त्र पुनःसुचारु गर्ने र कोरोना भाइरस नियन्त्रणमा राख्ने दुई मोर्चाको युद्ध लड्दा घरेलु बजारमा अत्यधिक निर्भर हुनु पर्दछ ।

त्यसपछिका महिनामा चीनको आर्थिक यात्राले राष्ट्रपति सिको कार्यनीतिलाई प्रमाणित गर्‍यो । चीनले कोरोना भाइरस सफलतापूर्वक नियन्त्रण गर्‍यो । आन्तरिक इन्धन उपयोगमा भर गर्‍यो । विश्वको प्राथमिक उत्पादन आधारमा चीनको भूमिकालाई पुनः दर्बिलो बनायो । यी नीतिले देशको आर्थिक वृद्धि सुदृढ गर्न मद्दत मिल्यो ।

सिको आर्थिक दृष्टिकोणको सम्परीक्षण जारी रहनेछ । विशेषतः भूमण्डलीकरण, बढ्दो भूराजनीतिक तनाव र महाव्याधीपछिको विश्वको अर्थतन्त्रका सन्दर्भमा । भर्खरै अमेरिकी नेतृत्वको जि–७ समूहको संयुक्त प्रेस वक्तव्यले चीनको त्यो धारणालाई पुष्टि गर्दछ कि विश्व अर्थतन्त्रमा चीनको आक्रमकता जति बढ्नेछ, उसका लागि प्रतिकूलताहरु पनि उत्तिकै थपिदै जानेछन् ।

जस्तो कि राष्ट्र सि भन्छन्– ‘हामी जति लामो समय आफ्नै खुट्टामा उभिन सक्दछौं, आत्मनिर्भर हुन सक्दछौं, वस्तु तथा सेवाको घरेलु प्रवाह जीवन्त राख्न सक्दछौं, अन्तर्राष्ट्रिय आर्थिक आँधीहरु जुन दिशामा परिवर्तन भए पनि हामीलाई फरक पर्ने छैन, हामी अजय रहने छौं ।’

सि अगाडि भन्छन्– ‘विकासलाई निरन्तर राख्न हामी जीवित रहनेछौं । हामीलाई कसैले पनि थला पार्न वा निसासिएर मृत्युको मुखतिर धकेल्न सक्दैन ।’

खतरनाक यो विश्वमा चीनले आफूलाई आफैमाथि निर्भर गराउनुको अरु कुनै विकल्प छैन भन्ने यो निक्कै बलियो धारणा हो ।

चीनको ‘द्वैत परिवहन’ रणनीतिले आन्तरिक उत्पादन र उपभोगमा व्यापक जोड दिन्छ । सीमापार व्यापारमा आएका व्यवधानहरुको परिप्रेक्ष्यमा चिनियाँ नेतृत्वको यो सोच उच्च तहको आर्थिक रणनीतिक सोच हो ।

साउथ चाइना मर्निङ पोष्टबाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय