scheduleसोमवार आश्विन ११ गते, २०७८

‘कृष्ण’ दाहिना बन्दिएपछि घुम्दैफिर्दै पुनः पृथ्वी

काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको ३ दिनको समयसीमा आज सकिने भएको हो ।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ । अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ । त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन् ।

विपक्षी दलले बुबार बिहानसम्म पनि बहुमत पुर्‍याउन सकेका छैनन् । आज दिनभरमा बहुमत जुटाउन नसके पुनः गुरुङ नै मुख्यमन्त्री बन्नेछन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भए पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि समस्या परेको छ ।

काँग्रेसबाट त्यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेसलाई साथ दिन नसकिने बताएका छन् ।

उनी पार्टीको निर्णयविपरीत उभिएका हुन् । पार्टी ह्वीप नमाने थापालाई कारबाही गर्ने जनमोर्चाले जनाएको ।

६० सदस्यीय प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय