scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना संक्रमित प्रवक्ता शर्मालाई कस्तो छ ?

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमणको उपचार गराइरहेका छन् । पछिल्लो समय उनको परिवार नै कोरोनाबाट संक्रमित भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् ।

बुधबार बिहान उनले आफ्ना शुभचिन्तकहरुलाई सम्झँदै सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । शर्माका अनुसार उनलाई निमोनिया देखिएको छ तर त्यसको मात्रा बढेको छैन । जिऊ दुखाई असाध्यै भए पनि बिस्तारै नियन्त्रण भइरहेको छ र ज्वरो निरन्तर आइरहे पनि १०१ फरेनहिट नबढेको प्रवक्ता शर्माले जनाएका छन् ।

प्रवक्ता शर्मालाई खोकी लागिरहेको छ भने अक्सिजन लेभल ठीक ठाउँमा रहेको छ । उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मित्रहरूको उत्प्रेरणा, आत्मबल र औषधिले अब म ९० प्रतिशत ठिक भइ सकेँ । श्रीमती र छोराछोरीको उही गतिमा प्रगति छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय