scheduleबुधवार आषाढ़ २ गते, २०७८

सामूहिक राजीनामा दिने भुसालको संकेत, भन्छन्- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

काठमाडौं, २९ वैशाख । नेकपा एमालेका नेता घनश्याम भुसालले विद्रोही सांसदहरुले सामूहिक राजीनामा दिने संकेत गरेका छन् । उनले इतिहासमा गरिएको यस्ता विद्रोहले क्रान्तिलाई खासै योगदान नगरेकोजस्तो देखिए पनि आत्मसमर्पण भने नगर्ने बताएका छन् ।

यस्तो छ घनश्याम भुसालको विचार–
हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।

आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय