scheduleबुधवार आषाढ़ २ गते, २०७८

बालुवाटारमा महन्थ र राजेन्द्रको ओलीसँग साढे तीन घण्टा

काठमाडौं, २६ वैशाख । भारतीय जनता पार्टीका नेता र त्यहाँस्थित एक प्रतिष्ठित पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारतको साथ र समर्थन रहेको खुलम्खुला लेख्ने/बोल्ने गरिरहेका छन् ।

भारतको हिन्दुस्तान टाइम्सले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भारतको भनाईलाई मान्दै ओलीलाई समर्थन गरिरहेको सम्पादकीयमा नै उल्लेख गरिरहेको छ ।

भाजपा नेता एस. सुब्रमन्यनले हिजो ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई भारतको बलियो समर्थन रहेको धारणा सार्वजनिक गरेकै दिन त्यहाँको सत्तानिकट हिन्दुस्तान टाइम्सले आफ्नो सम्पादकीयमा अर्को सनसनीपूर्ण खुलासा गरेको छ ।

यी र यस्तै सन्दर्भका बीच ओलीसँग बालुवाटारमा महन्थ र राजेन्द्रले साढे तीन घण्टा बिताएका छन् ।

बुधबार बिहान ०९ः३० बजेदेखि दिउँसो एक बजेसम्म भएको छलफलमा कसरी विपक्षी गठबन्धनलाई बहुमतको सरकार बन्नबाट रोक्ने भन्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

सम्पादकीयमा प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीको समर्थन रहेकै कारण ठाकुरलाई तटस्थ बस्न सल्लाह दिइएको पनि उल्लेख छ । ‘ठाकुर तटस्थ रहनुमा भारतले दिएको सल्लाह जिम्मेवार छ, किनकि ओलीलाई अझै नयाँ दिल्लीको समर्थन छ ।’

बुधबार स्वामीले दिएको अभिव्यक्तिले पनि ओलीको समर्थनमा भारतले महन्थहरुलाई प्रयोग गरिरहेको आशय प्रष्टिन्छ । संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेको सन्दर्भलाई संकेत गर्दै उनले लेखेको ट्वीटमा भनिएको छ, ‘मेरो बुझाइमा ओली भारतको रोजाइमा छन्, प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भए चीनको जीत हुनेछ ।’
भारतले ओलीको सरकार टिकाउन जसपा फुटाउनेसम्मको कदम चाल्न पनि पछि नपर्न नेताद्वयलाई भनेको जसपा स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय