scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

जनमोर्चाले कारबाहीस्वरुप संसदीय दलको नेताबाट थापालाई हटायो

पोखरा, २९ बैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको छ । जनमोर्चाले कारबाही स्वरुप थापालाई संसदीय दलको नेताबाट हटाएको हो ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने पार्टीको निर्णय नमानेकाका कारण थापालाई संसदीय दलको नेताबाट हटाइएको हो ।

कारबाही गर्नुअघि राष्ट्रिय जनमोर्चाले थापालाई स्पष्टीकरण सोधेको थियो। थापाले नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको र पार्टी निर्देशन पालना नगरेकोबारेमा उनीसँग स्पष्टीकरण सोधिएको थियो ।

वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिईन् । उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिनेछ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा हुन्। त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेश सभा सदस्य छन्।

३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेश सभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय