scheduleबुधवार आषाढ़ २ गते, २०७८

कर्णालीमा मन्त्रिपरिषद्मा बदलाव, दुईको राजीनामासँगै तीन थपिए

सुर्खेत, २९ वैशाख । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले माओवादी केन्द्र निकट दुई मन्त्रीलाई राजीनामा दिन लगाएर तीनजना मन्त्रीलाई भित्र्याउने भएका छन् ।

आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् । विष्ट सुर्खेतबाट चुनाव जितेका पूर्व विद्यार्थी नेता हुन् भने शर्मा रुकुमबाट चुनाव जितेका पूर्वविद्यार्थी नेता र माओवादी नेता जनार्दन विष्टका भाइ हुन् ।

वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले बुधबार नै राजीनामा दिने सहमति भइसकेको छ भने नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

थप एक मन्त्री थप्नका लागि बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय