scheduleबुधवार आषाढ़ २ गते, २०७८

वैधता दावी गर्न ठाकुर र महतो शीतलनिवासमा

काठमाडौं, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शीतल निवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन् ।

बुधबार बालुवाटार प्रधानमन्त्री केपी ओलीसँग साढे तीन घण्टा बिताएर नेताद्वय शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिलाई भेटेर ठाकुरले जसपाको प्रथम अध्यक्ष आफै भएको र निर्वाचन आयोगमा पनि आफ्नै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन अनुरोध गरेको जसपा स्रोतले जनाएको छ ।

जसपाको कुनै पनि विधानमा प्रथम र द्वितीय अध्यक्ष भन्ने व्यवस्था नभए पनि प्रधानमन्त्री केपी ओलीको सल्लाहमा नेताद्वय उक्त तर्क गर्दै शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा ससरकार गठन गर्न दिएको समय विहीबार रातिबाट सकिँदैछ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बहुमतको सरकार गठनको प्रयासमा छन् ।

कतिपय भारतीय नेताहरु र सञ्चार माध्यमले पनि ठाकुरले दिल्लीकै सूचना र सुझावमा ओलीलाई सघाइरहेको लेख्ने/बोल्ने गरिरहेको बेला उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय