scheduleबुधवार आषाढ़ २ गते, २०७८

निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुग्यो, ९ वटामा आंशिक

काठमाडाैं, २९ वैशाख । कोरोना संक्रमण रोकथाम र न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी निषेधाज्ञा जारी गरेको हो ।

उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लगाइएको छ । निषेधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । त्यसबाहेकका सवारी साधान सञ्चालन गर्नेलाई प्रहरीले कारवाही गर्ने गरेको छ ।

नेपालमा निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुगेको छ । ६३ जिल्लाहरुमा पूरै जिल्लाभर र बाँकी ९ वटा जिल्लामा आंशिक निषेधाज्ञा गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय