scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

एक सय ५१ जना सन्तान जन्माएका बाबु भन्छन्- ‘यो वर्ष सत्रौं श्रीमति भित्र्याउने हो’

एजेन्सी, २९ बैशाख । अफ्रिकी मुलुक जिम्बाव्वेका एक व्यक्तिको बेलाबेला चर्चा हुने गर्छ । ती व्यक्ति हुन्- मिशेक न्यानदोरो । उनको परिवारको आकार यति ठूलो छ कि सुन्ने जो कोहीलाई पनि अचम्म लाग्छ ।

न्यानदोरोका १५१ जना सन्तान र १६ वटा श्रीमति छन् । हाल ६६ वर्षीय न्यानदोरोले सत्रौं पटक विहे गर्ने सोच पनि बनाएका छन् । एक सय वटासम्म श्रीमति भित्र्याउने र सन्तानको संख्या एक हजार पुर्‍याउने उनको इच्छा छ ।

उनले सन् १०१५ मा अन्तिम पटक विहे गरेका थिए । तर जिम्बाव्बेमा आर्थिक अवस्था निकै खराब भएसँगै उनले त्यसपछि विहे गरेनन् । उनले यो वर्ष भने विहे गर्ने योजना बनाएका छन् ।

न्यानदोरो आफूले कुनै काम नगर्ने बताउँछन् । उनको एउटै मात्रै काम भनेको १६ वटा पत्नीलाई सन्तुष्टि प्रदान गर्ने हो । ‘मेरो काम भनेको पत्नीलाई खुशी बनाउनु हो’, स्थानीय समाचार माध्यम द हेराल्डसँग कुरा गर्दै उनले भने ।

एक सय ५१ जना सन्तानका कारण आफूमाथि कुनै दबाब नपरेको न्यानदोरोको भनाइ थियो । आफूलाई बेलाबेला उपहारस्वरुप विभिन्न कुरा दिने गरेकोले सन्तानबाट फाइदै भएको उनी बताउँछन् ।

न्यानदोरोको परिवारले खेतीकिसानीमार्फत् जीवन गुजारा गर्दै आइरहेको छ । उनका छ जना सन्तान सरकारी सेनामा कार्यरत छन् । त्यस्तै दुई सन्तान प्रहरीमा र ११ जना अन्य पेशामा छन् । १३ वटा छोरीको भने विहे भइसकेको छ ।

पहिला विहे गरेका श्रीमतिले आफ्नो यौन सन्तुष्टि पूरा गर्न नसक्ने भएका भर्खरका युवतीसँग विवाह गर्ने गरेको पनि उनले सुनाए ।

श्रीमतिलाई सन्तुष्ट बनाउने आफ्नो एक मात्रै काम भएको बताउने न्यानदोरोले यसका लागि एउटा समय तालिका पनि बनाएका छन् । उक्त तालिका अनुसार उनी हरेक रात चारजना श्रीमतिसँग पालैपालो सुत्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय