scheduleबुधवार आषाढ़ २ गते, २०७८

कांग्रेस नेता नेपालीको मुख्यमन्त्री दावी, प्रदेश प्रमुखद्वारा पत्र दर्ता

पोखरा, २९ वैशाख । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमतको आधारमा गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दावी गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

नेपालीले चार दलका ३१ प्रदेशसभा सदस्यहरुको आफ्नो पक्षमा रहेको दावीसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरकेा हुन् । नेपालको संविधानको धारा १६८ (२) अनुसार प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ गरी ३१ सदस्य आफ्नो पक्षमा रहेका दावी गरिएको छ ।

उक्त पत्रलाई प्रदेश प्रमुख सीता पौडेलले दर्ताकी लागि तोक लगाएकी छिन् भने पत्र १०८ नं. मा दर्ता भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय